विदेश

भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने


काठमाडौँ – भारतमा अक्टोबर महिनामा कोभिड –१९ को तेस्रो लहर आउन सक्ने स्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् । स्वास्थ्य विशेषज्ञको एक सर्वेक्षणका अनुसार भारतमा कोरोनाको तेस्रो लहर अक्टोबरमा आउने सम्भावना रहेको बताइएको छ ।


४० विशेषज्ञहरु समावेश भएको र ३ देखि १७ जुनको बीचमा गरिएको सर्वेक्षणमा विज्ञहरुले खोपको कारण कोरोनाको ताजा लहरमा केही सुरक्षा रहने बताएका थिए । सर्भेमा सहभागी ८५ प्रतिशत विशेषज्ञले आगामी लहर अक्टोरबमा आउने दावी गरे भने तीन जनाले अगस्टको शुरुवात र सेप्टेम्बरको मध्य महिनामा सुरु हुनसक्ने बताए । बाँकी तीन विशेषज्ञले भने नभोम्बरबाट फेब्रुअरीको बीचमा तेस्रो लहर आउने सम्भावना रहेको बताए ।