कोरोना विशेष

२ हजार ७६८ मा कोरोना संक्रमण पुष्टि, ४४ जनाको मृत्यु


काठमाडौँ – २४ घण्टामा देशभर २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १३ हजार ३७ पीसीआर परीक्षणमा १ हजार ९६३ र ८०५ एन्टिजेन गरी कुल २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ हजार २० रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४४ जनाको मृत्यु भएको छ ।