कोरोना विशेष

२ हजार ६०७ मा कोरोना संक्रमण पुष्टि, ३९ जनाको मृत्यु


काठमाडौँ – २४ घण्टामा देशभर २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १२ हजार ४८४ पीसीआर परीक्षणमा १ हजार ७६८ र ८३९ एन्टिजेन गरी कुल २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ हजार १४१ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३९ जनाको मृत्यु भएको छ ।