कोरोना विशेष

उपत्यकामा संक्रमणदर घट्दै, थप ४९९ जनामा कोरोना पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौँमा ३५४, ललितपुरमा ६६ र भक्तपुरमा ७९ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज मात्रै देशभर २ हजार ८२८ जना कोरोना संक्रमित थपिएका छन् भने ५२ जनाको मृत्‍यु भएको छ ।