कोरोना विशेष

२ हजार ८२८ मा कोरोना संक्रमण पुष्टि, ५२ जनाको मृत्यु


काठमाडौँ – २४ घण्टामा देशभर २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १३ हजार २२ पीसीआर परीक्षणमा २ हजार १४ र ८१४ एन्टिजेन गरी कुल २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८२ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ५२ जनाको मृत्यु भएको छ ।