खेलकुद

रक्सी र युवती भनेपछि सिलवाल भुतुक्कै हुन्छन् ? मनाङ्गेको ठोकुवा कति सही ?

सलवाल भन्छन् : दीपक मनाङ्गे मानव नै होईन


काठमाडौँ – कुनैबेला आपराधिक छवीको सुचिमा पर्ने दीपक मनाङ्गे अर्थात राजीब गुरुङ तीनपटक मन्त्री बन्ने सौभाग्य पाएका छन् । तर उनले दिएका अभिव्यक्तिले विवाद र चर्चासमेत निम्त्याएको छ ।मन्त्री जस्तो गरिमामय पदमा आसिन रहेकै समयमा उनले राखेपका सदस्यसचिव रमेश सिलवालका बारेमा अभिव्यक्ति दिदा विवाद उब्जीएको छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री दीपक मनाङ्गेले भनेजस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल रक्सी र युवती भनेपछि भुतुक्कै हुन्छन् त, अथवा उनकै भाषामा भन्नुपर्दा केटी र रक्सीका मामिलामा सिलवाल पागल नैहुने व्यक्ति हुन् त ?

कुनै राजनीतिक दलको नेता जस्तो कुरा घुमाएर, बुङग्याएर अथवा लम्ब्याएर बोल्ने आदत नपरेका दीपक मनाङ्गे अर्थातराजीव गुरुङले दिएको अभिव्यक्ति कुनै सामान्य मानिसले ख्याल ठट्टामा बोलेको पनि होईन । किनकि उनी गण्डकी प्रदेशमा खेलकुद मन्त्री भएर केही समय राजकाज चलाएका व्यक्ति हुन् ।कुनै प्रदेशको मन्त्रालय हाँकिरहेका व्यक्तिले खेलकुद क्षेत्रकै सवैभन्दा ठुलो निकायको नेतृत्व गरिरहेका र नेपाली खेलाडी तथाखेलजगतको भविष्यसंग जोडिएका सिलवालको बारेमा दिएको अभिव्यक्ति यथार्थ नै हो त ?

पत्रकारहरुलाई वरिपरि राखेर सार्वजनिक मञ्चबाट मनाङ्गेले दिएको अभिव्यक्तिपछि राखेपले विज्ञप्ती सार्वजनिक गरेर सदस्य सचिव सिलवाल र बोर्ड सदस्य राजेश गुरुङका विषयमा अमर्यादित र लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको छ । सदस्य सचिव सिलवालले समेत आफुले अहिलेसम्म एकपटक पनि रक्सी नखाएको बताउँछन् । साथै उनलेआफुमाथिको आरोप प्रमाणित गर्न मन्त्री मनाङ्गेलाई चुनौति पनि दिएका छन् । अब मनाङगेले प्रमाणित गर्लान त ?

सिधा र प्रस्ट बोल्ने भएकाले मनाङ्गेको भनाईलाई धेरैले विश्वास पनि गरेका छन् । खेलकुदकै विभिन्न जिम्मेवारीमा रहेर एक साथकाम गरेकाहरुले कहिलेकाहीँ संगै बसेर यो सब गरेकि भन्ने एक खाले जमात पनि होला । तर प्रमाणविहिन तरिकाले कसैको व्यक्तित्वमाथि धारेहात लगाउनु मन्त्री भएको व्यक्तिलाई शोभा नदेला । किनकि मनाङ्गे गुण्डाकर्दीको साम्राज्य छाडेर अहिले राजनीतिमा आएर तीन पटक मन्त्रीको सपथ खाने सौभाग्य पाएकाव्यक्ति हुन् । तर मन्त्री भएयता लगातार उनले दिएका अभिव्यक्ति विवादमा तानिने खालका छन् । प्रधानमन्त्री र गण्डकीका मुख्यमन्त्रीका विषयमा उनले दिएको अभिव्यक्तिसमेत उस्तै छ ।
आफै मन्त्री रहेको सरकार ढालेर मनाङगेले विपक्षी गठबन्धनका नेता कृष्णचन्द्र नेपाली पोखरेलको हातमा राजकाज ल्याउन महत्वपूर्ण भूमिका खेले । यसै कारण उनलाई गण्डकीमा सरकार फेरबदलको ‘किङ मेकर’समेत मानिएको छ । तर पुरानो राजनीतिक दलको प्रचलनले थिलथिलो परेको मुलुकमा मनाङ्गेलाई बोल्न भन्दा काम गरेर देखाउन समयले उपयुक्त मौका दिएको छ । यसले उनको सुधारिदै गएको छबी समेत सफाचट गर्न मद्दतमिल्नेछ भने अनैतिक ट्यागसमेत हराएर एक कुशल राजनीतिज्ञमा स्थापित गर्न भूमिका खेल्नेछ ।