विदेश

सूचना प्रविधि क्षेत्रको विकासकालागी छिमेकी देश चीन आक्रमक


काठमाडौँ – सूचना प्रविधि क्षेत्रमा चीनको खर्च १० प्रतिशतले बढेर २०२१ मा २.२१ ट्रिलियन युआन अर्थात करिब तीन खर्ब ४६ अर्ब १० करोड अमेरिकी डलर पुगेको छ ।


चीनद्वारा जारी औद्योगिक रिपोर्टमा बताइए अनुसार कोभिड–१९ को महामारीको प्रकोपले इन्टरनेट क्षेत्रमा खर्च बढेको छ । चीनले टेलि–मेडिकेयर र टेलि शिक्षाको विकासलाई बढावा दिँदै गएको ग्लोबल मार्केट रिसर्च फर्म इन्टरनेसनल डाटा कर्पोरेशन ले जनाएको छ । चिनियाँ सरकारले यस वर्ष आफ्नो १४ औं पञ्चवर्षीय योजना कार्यान्वयन गर्न शुरू गरेको छ । चीनले आगामी वर्षहरूमा प्रबिधि बिकासको खर्चलार्ई अझ बृद्धि गर्ने बताएको छ ।।