कोरोना विशेष

काठमाडौँ उपत्यकामा थप १ हजार २२६ जनामा कोरोना पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार २२६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौँमा ८३६, ललितपुरमा २६९ र भक्तपुरमा १२१ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज मात्रै देशभर ५ हजार १५३ जना कोरोना संक्रमित थपिएका छन् भने १०८ जनाको मृत्‍यु भएको छ ।