समाचार

भारतको पुणेस्थित केमिकल कारखानामा भिषण आगलागी, ११ जनाको मृत्यु


काठमाडौँ – भारतको पुणेस्थित एक केमिकल कारखानामा सोमबार राति आगलागी हुँदा ११ जनको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।

राति कारखानामा आगालागी सुरु भएपछि त्यहाँ कार्यरत कामदारको जलेर मृत्यु भएको हो । आगलागीमा परि ११ जनाको मृत्यु भएको छ भने अन्य १७ जना वेपत्ता रहेको बताइएको छ ।

भारतीय संचारमाध्यमले स्थानीय अधिकारीहरुलाई उद्दृद्ध गर्दै कारखाना पूर्ण रुपमा नष्ट भएको र वेपत्ताहरु पुरिएको हुनसक्ने आशंका गरेको बताएका छन् । आगलागीको कारण पत्ता लाग्न नसकेको बताइएको छ ।