कोरोना विशेष

नेपालमा थप ३ हजार ४७९ जनामा संक्रमण पुष्टि, ९९ जनाको मृत्यु


काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप ९९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४७९ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १० हजार ४७१ र एन्टिजेन विधिबाट ३ हजार २६२ जनाको परीक्षण गर्दा ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर ६ हजार ६३६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।