समाचार

काठमाडौँ महानगरपालिकाले गर्याे हरेक वडामा खोप केन्द्र सञ्चालन गर्न पत्राचार


काठमाडौँ – जेठ २५ गतेदेखि ६० देखि ६४ वर्षसम्मका जेष्ठ नागरिकहरुलाई कोरोनारुद्धको खोप दिने भएको छ । जेष्ठ नागरिकलाई खोप अभियान सुचारु गर्ने भनेसँगै काठमाडौँ महानगरपालिकाले कोरोना विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा जिल्ला स्वास्थ्य कार्यालय र महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बैठक बसेर हरेक वडामा एक/एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो ।
सरकारले खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिनेका लागि, त्यसपछि ६५ वर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा १८ देखि ५९ वर्षका व्यक्तिलाई खोप दिएको थियो । यो अहिले लगाउन लागेको खोप चीनले अनुदानमा दिएको भेरोसेल खोप हो । जुन ६० देखि ६४ वर्षको उमेर समूहका व्यक्तिका लागि मात्रा हो । यो खोप पहिलो मात्रामा लागाउन लागेको हो ।