कोरोना विशेष

नेपालमा थप ५ हजार ३१६ जनामा संक्रमण पुष्टि, १०१ जनाको मृत्यु


काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप १०१ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार ४५४ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ३१६ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३ हजार ८०५ र एन्टिजेन विधिबाट ३ हजार ७३ जनाको परीक्षण गर्दा ५ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ पुगेको छ ।

आज देशभर ७ हजार २१९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । क्वारेनटाइनमा ८३७ जना छन् ।