समाचार

नेपालमा थप ६ हजार ८५ जनामा संक्रमण पुष्टि, ६८ जनाको मृत्यु


काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप ६८ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार ४५४ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८५ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७ हजार १४७ र एन्टिजेन विधिबाट ३ हजार १८ जनाको परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ पुगेको छ ।

आज देशभर ६ हजार ८९८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । क्वारेनटाइनमा ७२५ जना छन् ।