कोरोना विशेष

चीनबाट ८ लाख खोप नेपाल ल्याइँदै


काठमाडौँ – चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको चिनियाँ खोप आज काठमाडौँ आउँदै छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज खोप आज काठमाडौँ आउन लागेको हो ।

नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार खोप लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज सोमबार राति ११ बजे बेइजिङका लागि उडेको विमान आज दिउँसो साढे २ बजे खोप लिएर फर्किने जानकारी दिनुभयो ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।