कोरोना विशेष

नेपालमा थप ४ हजार ७६२ जनामा संक्रमण पुष्टि, ११४ जनाको मृत्यु


काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप ११४ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार ३८६ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ७६२ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १५ हजार ५५ र एन्टिजेन विधिबाट २ हजार ४२५ जनाको परीक्षण गर्दा ४ हजार ७६२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० पुगेको छ ।

आज देशभर ६ हजार ४९१ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । क्वारेनटाइनमा ६८९ जना छन् ।