कोरोना विशेष

कोरोना संक्रमणबाट पत्रकार गौतमको निधन


काठमाडौँ – कोरोना संक्रमणका कारण पत्रकार रविन्द्र गौतमको निधन भएको छ । ३८ वर्षीय गौतमको बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचारको क्रममा निधन भएको हो । कोरोना संक्रमणले अवस्था गाह्रो भएपछि उनलाई केही दिन अघिदोलखाबाट एयरलिफ्ट गरेर काठमाडौँ ल्याइएको थियो ।

गौतम अन्नपूर्ण पोष्ट दोलखाका संवाददाता हुन् । साथै नेपाल पत्रकार महासंघ दोलखाका कार्यसमिति सदस्य र नेपाल प्रेस युनियन दोलखाका उपाध्यक्ष पनि हुन् ।

कोरोना संक्रमण पुष्टि भएपछि जेठ ९ गते चरिकोट अस्पतालबाट काठमाडौँ ल्याई नयाँबानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचाररत गौतमको स्वास्थ्यमा थप समस्या आएपछि गएरातिदेखि भेन्टिलेटरमा राखिएको थियो। गौतमका वृद्ध आमा, श्रीमती, ९ वर्षीया र ६ महिनाकी दुई छोरी छन् ।