समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रममा दुई लाखलाई रोजगारी दिने


काठमाडौँ – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि दुई लाखलाई रोजगारी दिने भएको छ । १२ अर्ब बजेट विनियोजन गर्ने भएको छ ।
शनिबार अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट अध्यादेशमार्फत बजेट भाषणका क्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाखलाई रोजगारी दिन १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन्।
स्थानीय स्तरका आयोजनाहरूमा रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार युवालाई न्यूनतम सय दिनको रोजगारी दिइने छ । जसका लागि १२ अर्ब छुट्टाएको हो ।