काठमाडौँ – बंगालको खाडीमा बनेको शक्तिशाली यास चक्रवातको प्रभावले नेपालमा पनि केही दिनयता लगातार वर्षा र हिमपात जारी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि देशभर मौसम बदलीरवर्षा हुने क्रम जारी छ ।
अहिले (शनिबार बिहान) पनि गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ/ हावाहुरीसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो पनि देशका केही स्थानमा मेघगर्जनर चट्याङरहावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।
यसैगरी राति पनि देशका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का देखि मध्यम वर्षा जारी रहने सम्भावना छ । लुम्बिनी प्रदेशका १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया