कोरोना विशेष

कोरोना संक्रमणबाट सहायक रथी केसीको निधन


काठमाडौँ – कोरोना संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको सैनिक अस्पताल छाउनीमा निधन भएको छ । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार केसीको आज बिहान उपचारको क्रममा निधन भएको हो ।

केसीको केही दिनदेखि छाउनी अस्पतालमा उपचार चलिरहेको थियो । उनी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका थिए ।