कोरोना विशेष

कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गर्दै राष्ट्रपतिद्वारा भारतीय समकक्षीलाई पत्र


काठमाडौँ – कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र पठाउनुभएको छ ।

पत्रमा कोरोनाविरुद्धको खोप उपलव्ध गराउन पहल गरिदिन भारतीय समकक्षी कोविन्दलाई आग्रह गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उक्त पत्रमार्फत भारतमा भाइरसको संक्रमण तीब्र रुपमा फैलिएको कोरोना महामारीप्रति राष्ट्रपतिले दु ख व्यक्त गर्नुभएको छ ।

पत्र पठाउन राष्ट्रपति कार्यालयले परराष्ट्र मन्त्रालयलाई सम्पर्क गरेको तर पत्र गए नगएको जानकारी भने आइसकेको छैन ।