कोरोना विशेष

बाँकेमा कोरोनाले पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा बाँकेमा कोरोना संक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । बाँकेका ५ र बाहिरी जिल्लाका ९ जना गरी जम्मा १४ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जानकारी दिएको छ । मृत्यु हुनेमा ६ महिला र ८ पुरुष छन् ।

योसँगै कोरोना संक्रमणबाट दोस्रो लहरमा बाँके जिल्लामा मात्रै मृत्यु हुनेको संख्या २२१ पुगेको छ भने बाहिरी जिल्लाका मृत्यु हुनेको संख्या १६३ पुगेको छ । बाँकेमा मंगलबार थप ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २९३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।