कोरोना विशेष

२४ घण्टामा थप ७ हजार ४२५ जनामा कोरोना पुष्टि , १८५ जनाको मृत्यु


काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप १८५ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ४२५ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।

आज देशभर ७ हजार १३५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।