कोरोना विशेष

एमाले पूर्वसांसदको कोरोनाबाट मृत्यु


काठमाडौँ – भोजपुरका पूर्व सांसद नरेन्द्र वस्नेतको कोरोना संक्रमणबाट निधन भएको छ । ७४ बर्षीय बस्नेतको उपचारको क्रममा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज विहान ३ः३० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

बस्नेत भोजपुर क्षेत्र नम्वर १ बाट २०४८ सालको संसदिय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित बनेका थिए । उनी भोजपुरको दिंलामा रहेको षडानन्द सिताराम गुठीको पूर्व अध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्व प्रधानाध्यापक समेत रहेका थिए ।

पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आएका बस्नेत विभिन्न सामाजिक संघ संस्थामा सक्रिय थिए । बस्नेतका श्रीमती र दुई छोरा रहेका छन् ।