राजनीति

हर्षित हुँदै नागरिकता सम्बन्धी अध्यादेशको महन्थ ठाकुरले गरे स्वागत


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले निकै खुसी हुँदै आइतबार जारी नागरिकतासम्बन्धी अध्यादेशको स्वागत गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्नुभएको हो । जुन आजै राजपत्रमा प्रकाशन भइसकेको छ ।

ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, आज मिति २०७८/०२/०९ गतेका दिन नेपाल सरकारद्वारा जारी गरिएको नागरिकता सम्बन्धी अध्यादेशको जनता समाजवादी पार्टी नेपाल स्वागत गर्दछ,’।