कोरोना विशेष

आइतबार बाँकेका संक्रमितको मृत्यु शून्य


काठमाडौँ – बाँके जिल्लामा आइतबार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्यमा झरेको छ । ४० दिनको अवधिमा पहिलो पटक कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्यमा झरेको भेरी अस्पतालका प्रमुख फिजिसियन कन्सल्टेन्ट डा. राजन पाण्डेले जानकारी गराउनुभयो । तर अझै पनि अस्पतालमा गम्भीर बिरामी भएकाले मृत्यु घट्न थाल्यो भनेर ढुक्क हुने अवस्था भने नभएको उहाँले बताउनुभयो ।

आइतबार बाहिरी जिल्लाबाट बाँकेका विभिन्न अस्पतालमा उपचार गराउन आएका ८ जनाको भने मृत्यु भएको छ । तर आज बाँके जिल्लाका वासिन्दा भने नरहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो । बाँकेमा पछिल्लो २४ घण्टामा ३९० जना संक्रमित थपिएका छन