कोरोना विशेष

काठमाडौँ उपत्यकामा थपिए २ हजार ८२१ कोरोना संक्रमित


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ८२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ८२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौमा १ हजार ७६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज मात्रै देशभर ७ हजार ९१४ जना कोरोना संक्रमित थपिएका छन् भने १९३ जनाको मृत्‍यु भएको छ ।