कोरोना विशेष

२४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना पुष्टि : १९३ जनाको मृत्यु


काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप १९३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ६०७ जना कोरोना संक्रमित पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ ।

आज देशभर ७ हजार ६६४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । देशभर ८७३ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।