कोरोना विशेष

बुटवलमा दुई संक्रमितको मृत्यु


काठमाडौँ – बुटवलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेमा दुई जना थपिएका छन् । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् ।

गुल्मीको मालिका गाउँपालिका–६ का ४८ वर्षीय पुरुषको आइतबार बिहान २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा‍‍.विष्णु गौतमले जानकारी दिएका छन् । उनी जेठ ५ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचार गराई रहेका थिए ।

यस्तै डा.गौतमका अनुसार गुल्मीको रेसुंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको छ । उनलाई जेठ ७ मा कोरोना पुष्टि भएको थियो । उपचारका लागि अस्पतालमा ल्याउनासाथ शनिबार साँझ साढे ७ बजे उनको मृत्यु भएको हो । अस्पतालका अनुसार दुवै जनामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।