कोरोना विशेष

अमेरिकी ३८ प्रतिशत नागरिकाले लागए कोरोनाविरुद्धको खोप


काठमाडौँ – कोरोनाका कारण सबैभन्दा बढी मानिसको मृत्यु भएको राष्ट्र अमेरिकामा पूर्णरुपमा कोरोनाविरुद्धको खोप लगाउने नागरिक ३८ प्रतिशत पुगेका छन् । त्यस्तै हालसम्म पहिलो डोज खोप लगाउनेमा ४९ प्रतिशत रहेको छ ।
अमेरिकाको कुल जनसंख्या भन्दा बढी खोप आपूर्ति भइसकेको सरकारी अधिकारीले बताएका छन्। अमेरिकाले हालसम्म ३५ करोड ४९ लाख डोज खोप आपूर्ति गरिसकेको छ। जसमा २८ करोड १५ लाख ९५ हजार ३ सय ५१ जनाले कम्तिमा एक खोप लगाएका छन्।
खोपलाई तिव्रता दिएसँगै कोरोनाबाट संक्रमण हुनेको संख्यामा विगत दुई हप्तामा ३८ प्रतिशतले कमी आएको पनि अमेरिक स्वास्थ्य मन्त्रालयले बताएको छ। हाल अमेरिकामा ३० हजार ७ सय ६३ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छन्।