मौसम

मौसम सफा हुने अनुमान


काठमाडौँ – राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज मौसम पहिलेको तुलनामा परिवर्तन भइ धेरै जिल्लाहरुमा बिहानैदेखि घाम लागिरहेको छ । साथै, केही उच्च पहाडी जिल्लाहरुमा भने हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, दिउँसो पनि प्रदेश १, बाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी तथा तराईका भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २, लगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी राति पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि तराईका भू–भागमा आंशिक बलदी रहने छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुइ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।