कोरोना विशेष

कोरोनाले नेपालमा एकैदिन १९० जनाको मृत्यु, ८ हजार ३०५ जनामा संक्रमण पुष्टि


काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप १९० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ८४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ३०५ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । आज देशभर ६ हजार ५४३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । देशभर ९३२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।