मौसम

मौसममा परिवर्तन, वर्षाको सम्भावना


काठमाडौँ – बुधबार काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा मौसम सामान्य परिवर्तन भएको छ । साथै उच्च हिमाली जिल्लाहरुमा हल्का हिमपात र वर्षाको पनि सम्भावना रहेको छ । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै यस्तो सम्भावनको भएको जनाएको हो ।
महाशाखाका अनुसार आज दिउँसो पनि देशको पूर्वी भू–भागमा र मध्य तथा पश्चिमी पहाडी भू–भागहरुमा मध्यान्न पछि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने बताइएको छ । पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी राति पनि देशको मध्य तथा पूर्वी पहाडी भू–भागमा सामान्य बदली र तथा पश्चिमी पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।