समाचार

कार्यदलको बैठक अनिश्चित


काठमाडौँ – नेकपा एमालेभित्र भएको आन्तरिक विवाद मिलाउनका लागि गठन गरिएको १० सदस्यीय कार्यदलको बैठक अनिश्चित बनेको छ। माधव पक्षका कार्यदलको नेतृत्वको जिम्मा पाएका भीम रावलको आँखामा समस्या देखिएपछि बैठक अनिश्चित बनेको हो ।
आइतबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले वार्ता गरेर विवाद समाधानका लागि कार्यदल १० सदस्यीय कार्यदल गठन गरेका थिए।
कार्यदलमा अध्यक्ष ओली समूहबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । खनाल–नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । ओलीका तर्फबाट कार्यदलको नेतृत्व संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले गर्नेछन् ।