समाचार

लागुऔषधसहित तीन युवक पक्राउ


काठमाडौँ – झापामा लागुऔषध खैरो हेरोइनसहित तीन जना युवकलाई प्रहरीले पक्राउ गरेका छन्। आइतबार राति साढे ८ बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई प्रक्राउ गरेको हो ।
झापा गाउँपालिकाबाट पक्राउ परेका उनीहरु सोही गाँउपालिका वडा नम्बर २ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बू र ताप्लेजुङ सिरिजङ्गा – १ का १९ बर्षीय प्रताप लिम्बू रहेका छन्। पैदल हिँडिरहेका तीनै जनालाई खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा ५३० मिलिग्राम खैरोहेरोइन बरामद गरेको हो। उनीहरुबाट ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजारसमेत फेला परेको प्रहरीले जनाएको छ।

लागुऔषधसहित पक्राउ परेका तीनै जनामाथि जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढएको छ।