राजनीति

२८औँ मदन-आश्रित स्मृति दिवस मनाइँदै


काठमाडौँ – नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारी र पार्टीका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा आज २८औँ मदन–आश्रित स्मृति दिवस मनाइँदैछ । २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी मृत्यु भएको सम्झनामा यो दिवस मनाएको हो । उनीसँगै संगठन विभाग प्रमुख आश्रितको पनि सोही दुर्घटनामा मृत्यु भएको थियो ।

सत्तारुढ नेकपा एमालेले आफ्ना जनप्रिय नेताहरुको सम्झनामा विभिन्न कार्यक्रम गरेर स्मृति दिवस मनाउने तयारी गरेको छ । यसैक्रममा पार्टीको केन्द्रीय कार्यालय मदननगर, बल्खुमा रहेको मदन–आश्रितको शालिकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माल्यार्पण गर्दैछन् ।
जननेता भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका जनप्रिय व्यक्तित्व थिए । भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद नेपालसँगै विश्व कम्युनिष्ट आन्दोलनमा उच्च उपलब्धिको रुपमा लिइदै आएको छ ।