कोरोना विशेष

पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु, ७ हजार ३६८ जना संक्रमित थपिए


काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप १ सय ४५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ३६८ जना कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा ७ हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।