राजनीति

बजेटबारे प्रधानमन्त्री ओलीले भने, पार्लियामेन्ट जिउँदो छ


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाटै आगामी आर्थिक वर्षको बजेट ल्याउने संकेत दिएका छन् । २७ वैशाखमा बसेको विषेश अधिवेशन अन्त्य गरेका प्रधानमन्त्री ओलीले ‘बजेट कसरी आउँछ’ भन्ने प्रश्नमा संसद् जिवितै रहेको प्रक्रिया दिएका छन् ।

आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बाहिरिँदै ओलीले भने, ‘पार्लियामेन्ट जिउँदै छ ।’ ओली संविधानको धारा ७६ (३) अनुसार संसद्को ठूलो दलका हैसियतमा प्रधानमन्त्री बनेकाले कतिपयले अध्यादेशबाट बजेट ल्याइन सक्ने अनुमान गरिरहेका छन् । आगामी आर्थिक वर्षको बजेट आउन १३ दिन मात्रै बाँकी छ ।