कोरोना विशेष

सीसीएमसीको बैठकमा प्रधानमन्त्री ओली उपस्थित


काठमाडौँ – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित भएका छन् ।
कोरोना महामारीको संक्रमण तीव्र गतिमा फैलिदै गइरहेको छ । संक्रमणका कारण मृत्यु पनि बढेका बेला सीसीएमसीको बैठक बसेको हो ।