मौसम

नेपालमा पनि चक्रवातको असर


काठमाडौँ – अरब सागरमा विकसित चक्रवातबाट नेपाल पनि प्रभावित हुने मौमसविद्ले बताएका छन् । ‘ताउ ते’ नाम दिइएको यो चक्रवातका कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने मौसमविद्को पूर्वानुमान छ ।

‘नेपालमा चक्रवातको असरले आइतबार (आज) देखि नै हावाहुरी चट्याङसहितको वर्षा हुने सम्भावना रहेको छ । ‘ताउ ते’ सन् २०२१ को यो पहिलो चक्रवात हो । यसको बढी असर भारतको मुम्बई, गोवा, दक्षिण कोंकण र गुजरातमा पर्ने मौसमविद् बताउछन् । यो चक्रवात गुजरात क्षेत्रमा सोमबार साँझ जमिनमा ठोक्किने पूर्वानुमान छ । त्यसपछि यसको गति र दिशाको विश्लेषण गरेर नेपालमा पर्नेछ । ।

जमिनमा ठोक्किएपछि चक्रवात कमजोर हुने गर्दछ र यसको गतिसँगै दुरी पनि परिवर्तन हुने गर्दछ । ‘नेपालभन्दा पश्चिमतिर गयो भने नेपालमा यसले कम असर गर्छ । तर यदि यो उत्तरपूर्वतिर गयो भने नेपालमा बढी असर पर्ने जानकारहरु बताउछन् ।