राजनीति

महाधिवेशन तोकिएकै समयमा हुन्छ, अर्को चुनावपछि अध्यक्ष र प्रधानमन्त्री ओलीनै हुन्छ (भिडियोसहि)


काठमाडौँ – नेकपा एमालेमा आन्तरिक विवाद चलिरहेको बेला महाधिवेशन पूर्वनिर्धारित समयमा नै महाधिवेशन हुुने कि नहुने मै अन्योलता रहेको छ । तर, अन्योलता रहे पनि एमालेका मुख्य सचेतक रहेका विशाल भट्टराईले भने महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन् । उनले महाधिवेशन हुने मात्र नभई आगामी चुनावपछि फेरी पनि पार्टी अध्यक्ष र प्रधानमन्त्रीमा केपी शर्मा ओली नै हुने पनि बताएका छन् ।
योहो बहसमा मुख्य सचेतक भट्टराईले अब छिट्टै नै संसद् अधिवेशन बोलाउनेतिर संकेत गरेका छन् । अबको दुई तीन दिनको अवधिमा अधिवेशन बोलाउनुको विकल्प नरहेका उनले प्रतिक्रिया दिए । अहिले भएको जस्तै भोलीको दिनमा पनि एमालेका विरुद्धमा थुप्रै राजनीतिक शक्तिहरु एकै ठाउँमा हुने उनको भनाई छ । थप जानकारीका लागि पूरा भिडियो हेर्नुहोस् ।