राजनीति

ओली नेपालको आज पनि भेटवार्ता हुँदै


काठमाडौँ – अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नेकपा एमालेको जारी विवाद मिलाउन आईतबार भेटवार्ता हुँदै छ । आजको भेटवार्तामा यसअघि एकताका लागि गठन गर्ने भनिएको कार्यदलको टुंगो लाग्ने अनुमान गरिएको छ ।
आज दिउसो नेता नेपालले ओलीलाई आफ्नो निवास कोटेश्वरमा बोलाए पनि त्यसको टुंगो भने लागिसकेको छैन । नेता नेपालले आफ्नो तर्फबाट कार्यदलमा बस्ने नेताहरूको नाम भने ओलीलाई दिइसकेका छन् । त्यसमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् । बैशाख ३० गते ओली र नेपालबीच पार्टी एकता कायम गरेर अघि बढ्ने सहमति भएको थियो ।