राजनीति

डा.भट्टराईद्वारा ओलीसँग भेटेको स्वीकारोक्ति


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको स्वीकार गरेका छन् । उनले केही दिनअघि ओलीलाई भेटेर प्रधानमन्त्री मागेको खबर आएपछि उनले त्यसको खण्डन गर्दै भेटेर सर्वदलीय सरकार बनाउन आग्रह गरेको प्रष्टीकरण दिएका छन् ।

डा.भट्टराईले आईतबार बिहान ट्वीट गर्दै आफूले सर्वदलीय सरकार बनाउन ओलीसँग भेटेके बताएका हुन् ।
उनले लेखेका छन् “प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो– महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान, पूर्वप्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ भनेकै हो ।”
ओलीले पूर्वप्रधानमन्त्रीबाहेकको नेतृत्वमा सरकार बनाउने प्रस्ताव अस्वीकार गरेपछि अरूलाई नभनेको बताएका छन् । “उहाँले नमानेपछि अरूलाई नभनेको हुँ । अझै पनि धारा ७६९५० बमोजिम बनाउन सकिन्छ । सोचौँ । ”