राजनीति

सर्वोच्च अदालतले आइतबारदेखि बहस-पैरवी सुरु गर्ने


काठमाडौँ – सर्वोच्च अदालतले आइतबारदेखि मुद्दाको बहस–पैरवी भर्चुअल माध्यमबाट गर्ने भएको छ ।

कोरोना महामारीका कारण सरकारद्वारा जारी स्वास्थ्य मापदण्डलाई विचार गरी जेठ १३ गतेसम्म संवैधानिक व्याख्या, मौलिक हकसँग सम्बन्धित संवेदनशील विषयलाई भर्चुअल विधिद्वारा सुनुवाई जारी राख्ने निर्णय सर्वोच्च अदालतको पूर्ण बैठकले गरेको हो ।

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशको बसेको पूर्ण बैठकले संवैधानिक व्याख्या, मौलिक हकसँग सम्बन्धित संवेदनशील विषय एवं सार्वजनिक सरोकारको प्रश्न निहित भएका रिट निवेदन र सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो ।