राजनीति

महन्थ ठाकुरले भन्यो : जसपाको कुनै बैठक बोलाएका छैनौं


काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आज जसपाको कार्यकारिणी समितिको बैठक नडाकिएको प्रष्ट पारेका छन् । ठाकुरले शनिवार दिउँसो विज्ञप्ति जारी गर्दै अर्का अध्यक्ष उपेन्द्र यादवले डाकेको बैठकप्रति अनविज्ञता प्रकट गर्दै ठाकुरले पार्टीको कुनै बैठक नरहेको बताएका छन् ।

विभिन्न सन्चारमाध्यम र सामाजिक संजालबाट जसपाको बैठक भनी प्रसारित भइरहेका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जारी विज्ञप्ति उल्लेख गरिएको छ । पार्टी कार्यालयमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षधर सदस्हयरुको बैठक बसिरहेका बेला ठाकुरले सो बैठकको आधिकारिकतामाथि प्रश्न उठाएका छन् । यसअघि ठाकुर पक्षले वहुमत सांसदको बैठकबाट राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो ।