राजनीति

बाबुराम–उपेन्द्र पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी


काठमाडौँ – जनता समाजवादी पार्टीको बाबुराम(उपेन्द्र पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

आज बालकुमारीस्थित पार्टी कार्यालयमा राजधानीमा उपलब्ध कार्यकारिणी समितिको बैठक सुरु भएको सदस्य रेणु यादवले जानकारी दिइन् । महन्थ पक्षको बहुमत सांसद सदस्यहरुले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो ।

पार्टीको विधानअनुसार संसदीय दलको बैठक नै नबसी महतोलाई नेता चयन गरेकोमा उपेन्द्र पक्षको आपत्ति छ ।