राजनीति

माधव पक्षको आज छुट्टै बैठक


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक जारी छ । बिहान ११ बजेपछि सुरु भएको बैठकमा शुक्रबार बोल्न बाँकी केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ ।

भर्चुअल माध्यममार्फत राखिएको बैठकमा अहिलेसम्मको समीक्षा र भावी रणनीतिबारे केन्द्रीय सदस्यहरुले बोलिरहेका छन् । पार्टीलाई एक बनाएर अघि बढ्नु राम्रो भएपनि अध्यक्ष केपी ओली अगाडि आत्मसमर्पण गर्न नहुने केही नेताले बताएका छन् ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, अध्यक्ष ओलीको भुलभुलैयामा पर्न नहुने तर्क पनि आएका छन् । स्वअस्तित्वलाई स्वीकार्ने, सम्मानजनक स्थान पाउने कुरामा मात्र अघि बढ्न नेताहरुलाई सुझाव दिएका छन् ।

कतिपय केन्द्रीय सदस्यले भने सिंगो जीवन नै एमाले पार्टी निर्माणका लागि लागिएको भन्दै पार्टी एक बनाएरै जानुपर्ने बताएका छन् ।

बैठकमा हिजो अध्यक्ष ओलीसँग भएका छलफलबारे ब्रिफिङ गरेका थिए ।