मौसम

आजको मौसम


काठमाडौँ – राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा मौसम परिवर्तन भइ हल्का घाम लागेको छ । साथै, केही उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ ।
त्यस्तै, दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भु–भागहरूमा आंशिक बदली रहने बताइएको छ । यसैगरी देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, राति पनि देशका प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहेने छ । प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।