कोरोना विशेष

भारतमा कोरोना संक्रमित हुने भन्दा निको हुने धेरै


काठमाडौँ – छिमेकी राष्ट्र भारतमा निरन्तर कोरोना संक्रमितको संख्या बढिरहेका छ । तर संक्रमितको संख्यामा वृद्धिसँगै मुक्त हुनेको संख्या पनि उल्लेख्य रुपमा भइरहेको छ । पछिल्लो २४ घन्टा तथ्यांकलाई नै हेर्ने हो भने पनि यो कुराको पुष्टि हुन्छ ।
भारतमा पछिल्लो २४ घन्टामा ३ लाख ४२ हजार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३ लाख ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाबाट संक्रमणमुक्त भएका छन्। विगत तीन–चार दिन यता संक्रमितको संख्या भन्दा लगातार निको हुने संख्यामा कम आइरहेको छ । यसले गर्दा संक्रमण दर कम हुँदै जाने विश्वास स्वास्थ्य विज्ञहरूले लिएका छन्। यस्तै अहिलेसम्म भारतमा २ करोड ४ लाख २६ हजार ३ सय २३ संक्रमित निको भइसेकेका छन् । दश राज्यमा निको हुनेको संख्या ७१.१६ प्रतिशत रहेको मन्त्रालयले देखाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ९ सय ९७ जनाको मृत्यु भएको छ। यो संगै मृतकको संख्या २ लाख ६६ हजार २ सय २९ पुगेको छ । भरतमा अहिले सक्रिय संक्रमितको संख्या ३६ लाख पुगेको छ । भारतमा हालसम्म संक्रमित हुनेको संख्या २ करोड ४३ लाख ७२ हजार २ सय ४३ रहेको छ ।