राजनीति

जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन


काठमाडौँ – जनता समाजवादी पार्टी जसपाको संसदीय दलका नेतामा राजेन्द्र महतोलाई चयन गरिएको छ ।

बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिनुभयो । अरगरियाका अनुसार २० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको र भोलि पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गर्ने बताउनु भयो ।

महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको बताउनुभएको छ । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी थिएनन् ।