राजनीति

एमालेका दुई पक्षबीच आज साँझ भेटवार्ता हुँदै


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीको विवादको विषयमा आज पनि छलफल गर्ने भएको छ ।

आजको वार्तामा भने ओली र नेपालले आफू निकट नेताहरुलाई पनि सामेल गराउने भएका छन् । वार्तामा जाने नेपाल समूहका नेताहरुको टुंगो लागेको छ । ओलीसँगको छलफल नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी हुने भएको छ ।

छलफलका लागि साँझ ६ बजेका लागि छलफलको समय तोकिएको छ । नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष ओली र नेता नेपालबीच बिहीबार बूढानीलकण्ठ चपलीहाइटस्थित एक निजीनिवासमा चार घण्टा लामो वार्ता भएको थियो ।